Section 11
आयोगले सुझाव दिन सक्ने
(१) आयोगको काम कारबाहीको सिलसिलामा वा आयोगद्वारा आयोजित गोष्ठी, सेमिनार तथा छलफलबाट प्राप्त निष्कर्षको आधारमा निजामती सेवाका शर्त सम्बन्धी प्रचलित कानूनमा सुधार गर्न आवश्यक देखिएमा आयोगले सम्बन्धित निकायलाई सुझाव दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको सुझावको विवरण आयोगको वार्षिक प्रतिवेदनमा समावेश गर्नु पर्नेछ ।